१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाको नेशनल गार्डसँग विपद् ब्यवस्थापन सम्झौताका लागि पत्राचार गरेको नेपाली सेनाको प्रष्टिकरण

'संसदीय समितिले आज प्रधान सेनापतिसँग छलफल गर्दै'

390
Shares

काठमाडौं । नेपाली सेनाले अमेरिकाको नेशनल गार्डसँग स्टेट पार्टनरशीप प्रोग्राम (एसपीसी) का लागि पत्राचार गरेको पत्र बाहिर आएपछि नेपाली सेनाले उक्त पत्राचारलाई प्रस्ट्याउने कोशिस गरेको छ ।

सेनाले नेशनल गार्डसँग एसपीपी सम्झौताका लागि पत्र पठाएको स्वीकार गर्दै उक्त पत्रको आशय विपद् ब्यवस्थापनका लागि सहयोग आदान प्रदान मात्रै भएको र त्यसमा सैन्य गतिविधि सम्बन्धि कुनै पनि अवधारणा नराखिएको सेनाले बताएको हो ।

पत्रमा अमेरिकी सेनासँग सहकार्य गर्ने, विपद्‌ व्यवस्थापमा सहयोग लिने लगायतका कुराहरु मात्रै भएको पनि सेनाले जनाएको छ ।

नेपाली सेनाले सन् २०१५ मा भूकम्प गएपछि नेपालले सबैतिर सहयोग माग्दा अमेरिकालाई पनि सहयोगका लागि पत्र लेखिएको पनि बताएको छ ।

सेनाले उक्त सम्झौताका लागि सन् २०१५ र २०१७ मा पत्र लेखेको थियो । पहिलो पत्र सार्वजनिक भएको भए पनि सन् २०१७ मा लेखिएको पत्र भने सार्वजनिक भएको छैन ।

यसैबीच, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई आज शुक्रबार छलफलका लागि बोलाएको छ ।

एसपीपीका लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले शुक्रबार बिहान ९ बजे बस्ने बैठकमा प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो ।