२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


न्यायको माग गर्दै अनशनमा बसेकी निहारिका र सरकारबीच ५ बुँदे सहमति


247
Shares

काठमाडौं । गत जेठ २७ गतेदेखि न्यायको माग गर्दै अनशनमा बसेकी महोत्तरी जलेश्वर नगरपालिका–९ की सोनाली कुमारी सिंह निहारिका र सरकारकाबीच पाँच बुँदे सहमति भएको छ ।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर बिहिबार राति निहारिकाले अनशन तोड्नुभएको हो । प्रतिवादी शिवराम श्रेष्ठ र अनशनकर्ता निहारिकाका छोराको डीएनए परीक्षणको कानूनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनशनकर्ता र उहाँको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानून पीडितमैत्री बनाउन पहल गर्ने लगायतकाे सहमति भएको छ ।

सहमतिपत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव बसन्त भट्टराई, अनशनकर्ता निहारिकालगायतले हस्ताक्षर गरेका छन् ।