
काठमाडौं । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद भट्टराईले मनुसुनको समयमा बाढी, पहिरो र डुबानको घटनाहरु घट्ने भएकाले यसको व्यवस्थापनको निम्ति पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले गृह मन्त्रालय अन्र्तगतको विपद् व्यवस्थापन गर्ने निकायलाई क्रियाशिल अवस्थामा राख्न र मौसम पूर्वानुमान गर्ने निकायहरुले पनि मौसम पूर्वानुमान गरी जोखिमपूर्ण बस्तीहरुलाई सुरक्षित स्थानमा सार्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गएराति ताप्लेजुङ जिल्लामा बर्षाको कारण धनजनको क्षति भएकोले सरकारसँग क्षतिपूर्तिको माग समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्