१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्री सवार हेलिकोप्टरको इन्धन सकिएपछि आकस्मिक अवतरण


7.683k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका प्रधानमन्त्री सवार हेलिकोप्टरमा इन्धन सकिएपछि भर्नका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार हुनुहुन्थ्यो ।

विमानस्थलमा अवतरण भएपछि २० मिनेट प्रधानमन्त्री देउवाले नेता–कार्यकर्तासँग भेट गर्नुभएको छ । इन्धन भरेपछि हेलिकोप्टर सुुदूरपश्चिम उडेको थियो ।