
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सधैं राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको दाबी गर्नुभएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेतृ कोइरालाले अरुलाई गाली गरेर र जहिल्यै पनि राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको जिकीर गर्नुभएको हो ।
उहाँले नेपालमा भारत र अमेरिकाको कुरा आउनेबित्तिकै विवाद सुरु हुन थालेको भन्दै यो राम्रो नभएको बताउनुभयो । उहाँले समितिमा लामो समयसम्म देशको प्रधानसेनापतिजस्तो व्यक्तिलाई राख्नु लज्जास्पद भएको तर्क गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय जगतले पनि यस्ता कुरामा चासो राखिरहेको हुने भन्दै साना कुरामा अल्झिएर बस्न नहुने बताउनुभयो ।
नेतृ कोइरालाले प्रधानमन्त्री, गृहमन्त्री र प्रधानसेनापति समेतले एसपीपी नेपालमा स्वीकार्य हुँदैन भन्ने कुरा स्पष्ट पारीसकेको भन्दै सधैँ काम नभएको जसरी बिना तुकका गफ गरेर बस्न नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्