१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूजा र सोनम अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक


507
Shares

काठमाडौं । पूजा शर्मा र सोनम ताप्देन अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को पहिलो गीत सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फिल्मको पहिलो गीत ‘जरुरी कुरा छ’ सार्वजनिक गरिएको हो ।

गीतमा सुरेश लामा र अञ्जु पन्तको स्वर छ भने अर्जुन पोखरेलको संगीत र सुरेश वाग्लेको शब्द रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता सोनम तोप्देन र अभिनेत्री पूजा शर्मा छन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको फिल्म दुबईमा खिचिएको हो । भिडियो सौरभ लामाले छायांकन गरेका हुन् ।

भदौ १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा पूजा र सोनमसँगै आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय छ । गायक समेत रहेका सोनमले यही फिल्मका अभिनेताको रुपमा डेब्यू गर्दैछन् । कार्यक्रममा नायिका पूजा शर्माले यो गीतको लागि आफू धेरै प्रतिक्षारत रहेको बताइन् । करिव ४ वर्षको प्रतिक्षापछि गीत रिलिज भएकोमा खुशी व्यक्त गरिन् ।

अर्जुन पोखरेल, ताराप्रकाश लिम्बू र जेम्स प्रधानको संगीत, शैलेन्द्र मान प्रधानको ब्याकग्राउन्ड म्यूजिक, अर्जुन जिसीको सम्पादन रहेको फिल्मको निर्मातामा अमित बस्नेत, सहनिर्मातामा परी राना र अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् ।