१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बझाङमा जेष्ठ नागरिकको उपचारका लागि शिविर सञ्चालन


169
Shares

बझाङ । मुख्यमन्त्री जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत यहि असार १ गते जेष्ठ नागरिकको उपचारका लागि शिविर सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालय बझाङकाे आयोजना केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ को बाँझ स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बझाङका स्वास्थ्य जनस्वास्थ्य निरीक्षक सुरेश रावलले जानकारी दिनुभएकाे हाे। शिविरबाट करिब २ सय बढी सेवाग्राहीहरूले सेवा लिएकाे उहाँले बताउनुभएकाे छ ।

घर बाहिर हिड्डुल गर्न नसक्ने वृद्धवृद्धाहरूका लागि यसरी गाउँ नजिकै शिविर सञ्चालन भएपछि निकै सहज हुने र स्वास्थ्य सेवालाई सुदृढ र विश्वसनीय बनाउन, वृद्धवृद्धाहरूलाई विभिन्न रोगहरूबाट बचाउने उदेश्यले शिविर सञ्चालन गरेको कार्यक्रमका प्रमुख अतिथि तथा स्वास्थ्य कार्यालयका कार्यलय प्रमुख भानुभक्त जोशिले बताउनुभएकाे हाे ।

जेष्ठ नागरिक देशकै गहन भएको र बुढेशकाल लागेपछि विभिन्न समस्याहरू आई लाग्ने आर्थिक रुपले पनि समस्या हुने र स्वास्थ्य संस्थाहररूसँग पनि सम्बन्ध नहुने भएका कारण यस्ता समस्याबाट छुट्कारा दिन र ठूला रोगको शिकार हुन नदिन शिविरले ठूलो भूमिका निर्वाह गर्नुका साथै साना रोगहररूको उपचार गर्नका लागि नै साे शिविरको आयोजना गरिएको हो ।

केदारस्युँ गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कल्यान मल्लले यस्ता शिविर सञ्चालन गरेर यस्तै बुढापाकाहरुलाई सेवा दिएर स्वास्थ्य कार्यलयले महत्वपूर्ण काम गरेको र यस्ता शिविरहरू महिनाको १-२ पटक गर्न सके अझै राम्रो हुने बताउनुभयो। बाहिरी जिल्लाबाट विशेषज्ञ सहितको टोली तथा डाक्टर सहितको टोली ल्याएर गाउँका सोझा साझा बुढापाकाहरूलाई सेवा प्रवाह गरेकाेमा अध्यक्ष मल्लले आयोजकलाई धन्यवाद समेत दिनुभएकाे छ । साथै अब आफूहरूले स्वास्थ्यको गुणस्तर सुधारका लागि पहल गर्ने समेत प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

शिविरमा सेवा लिन पुग्नुभएकी केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ की मीनादेवि चन्दले घर नजिकै शिविर सञ्चालन गरी सेवा प्रवाह गरेकोमा आयोजकप्रति आभार प्रकट गर्नुभयाे ।