२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


सुर्खेतमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु


299
Shares

काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका पातिकाल्नामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका जाजरकोटका दुई जना पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ट्रक भित्र च्यापिएको अवस्थामा रहेको दुईवटै शवको निकालीएको हो । प्रहरीका अनुसार ट्रक अनियन्त्रित भएर ५० मिटर तल सालको रूखमा ठोक्किएको छ ।