
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनको परिणामबाट त्रसित भएकाहरु गठबन्धन फुटाउने प्रयासमा लागेको बताउनुभएको छ ।
उहाँले निर्वाचनको परिणामपछि झस्किएर विपक्षीले नियोजित रुपमा एसपीपीको विषय कांग्रेसमाथि थोपरेका आरोप लगाउनुभयो । संविधानमाथि प्रहार गर्नेहरुले संविधान जोगाउन नेतृत्व गरेको पार्टीप्रति नियोजित रुपमा षड्यन्त्र गरेको र गठबन्धन फुटाउन कोशिस गरिरहेको उहाँको आरोप छ ।
काभ्रेको बनेपामा पार्टी नगरसमितिले आयोजना गरेको जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले कांग्रेसले कुनै हालतमा देश र जनताको अहित हुने काम नगर्ने दाबी गर्नुभयो ।
कांग्रेसले कहिले पनि राष्ट्र हित विपरीतका सम्झौता नगर्ने भन्दै उहाँले प्रधानमन्त्रीले पनि पटक-पटक सम्झौता गर्दिनँ भनेकाले कांग्रेसप्रति जनता स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले कांग्रेसको नेतृत्वले मात्रै देशको हित गर्न सक्नेभन्दै पार्टीभित्रको एकता बलियो बनाउन सके आगामी निर्वाचनमा देशकै ठूलो पार्टी हुने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्