१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘मुख्यमन्त्री’ हो कि ‘मुख मन्त्री’ हो भन्ने थाहा छैन : मुख्यमन्त्री शाही


65
Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू ‘मुख्यमन्त्री’ हो कि ‘मुख मन्त्री’ हो भन्ने आफूलाई नै थाहा नभएको बताउनुभएको छ ।

शनिबार वीरेन्द्रनगरमा आयोजित पूजी बजार सम्बन्धी कार्यक्रममा उहाँले अहिलेको मुख्यमन्त्रीको भन्दा पहिलाको जिल्ला विकास समितिको सभापतिको धेरै शक्ति रहेको बताउनुभयो ।

नेपालको संघीयता विश्वमै महाकमजोर भएको उहाँको टिप्पणी थियो । देशमा संघीयता आवश्यक नभए खारेज गर्न उहाँले सुझाव दिनुभयो ।

सेयर बजारमा भएको अस्वस्थ प्रतिस्पर्धाले ब्याजमा सापटी लिएर पुँजी बजारमा लगानी गर्ने प्रचलनको अन्त्य गरेर जे छ त्यसैलाई लगानी गर्ने व्यवहारको विकास गर्नुपर्ने उहाँले तर्क गर्नुभयो । उहाँले उत्पादनको निर्यात र आयातको सन्तुलन नमिल्दा पनि पुँजी बजारको विकास नभएको बताउनुभयो ।