
काठमाडौं । झापाको दमकमा बस्दै आउनु भएका भुटानी शरणार्थी डा. भम्पा राईको ७५ वर्षको उहेरमा आइतबार बिहान निधन भएको छ ।
भुटानी राजाका निजी चिकित्सक रहनु भएका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेटिएपछि उहाँ पनि नेपाली भाषीलाई साथ दिदैं स्वच्छाले नेपाल आउनुभएको थियो । राई त्यतिबेला आफ्नो परिवार सहित नेपाल प्रवेश गर्नुभएको थियो र उहाँले तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्तीको आन्दोलनमा नेतेृत्व समेत गर्दै आउनु भएको थियो । परिवारसहित नेपाल आउनु भएका राईकी श्रीमती उर्मिला राईको दुई वर्षअघि निधन भएको थियो । त्यसैगरी उनकी आमा बिष्णुमाया राईको २०५४ र बाबु आइतराजको २०६४ निधन भएको थियो । भम्पा दमकको डेरामा एक्लै बस्दै आउनु भएको थियो । राइका छोराछोरी भने छैनन् । केही समय अघिदेखि दमक नगरपालिकाले उहाँलाई निःशुल्क बस्ने व्यवस्था मिलाएको थियो । राईले भुटानी शरणार्थीको र स्थानीयको निःशुलक बिरामी जाँच्ने काम पनि गर्नुभएको थियो ।
राईको आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँ भुटानी राजाको निजी चिकित्सक रहेता पनि नेपाली भाषीलाई भुटानले लखेटेपछि नेपाली भाषीको अपमान भएको भन्दै उहाँ उनीहरुसँगै नेपाल आउनुभएको थियो । उहाँका बाबु, आमा, र श्रीमतिको पनि नेपालमा शरणार्थीकै रुपमा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्