१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युत प्राधिकरण तुलसीपुरमा लागेको ताला खुल्यो


78
Shares

दाङ । विद्युत अनियमित भएको भन्दै दाङको तुलसीपुरस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कार्यालयमा लागेको ताला खुलेको छ ।

विद्युत प्राधिकरण कार्यालय र स्थानीय बिच सहमति भएपछि ताला खोलिएको हो ।

लामो समयदेखि विद्युत अनियमित हुँदा व्यवसाय नै चौपट हुनुकासाथै गर्मीले पनि सताउने गरेको भन्दै कार्यालयभित्र कर्मचारीले काम गरिरहेको अवस्थामा तुलसीपुर क्षेत्रका सेवाग्राहीहरुले आइतबार बिहान विद्युत कार्यालय भवनको गेट र कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

विद्युत आउने र जाने क्रम अनियमित हुँदा आजित भएपछि केही दिनअघि पनि तुलसीपुरका स्थानीयले विद्युत कार्यालयलाई ज्ञापन पत्र समेत बुझाएका थिए । यस्त,ै विद्युत नियमित गर्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले पनि आज ज्ञापनपत्र बुझाएको थियो ।

विद्युत प्राधिकरण विद्युत केन्द्र तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालले विभिन्न ठाउँमा चट्याङ्, हावाहुरीले गर्दा विद्युत अनियमित हुने गरेको बताउँदै विद्युतको समस्यामा आफू गम्भीर भएको र समस्याको समाधान छिटै गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।