
काठमाडौं । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का विज्ञ सदस्य डा. गंगालाल तुलाधरले विपद् व्यवस्थापन प्राधिकरण गृहमन्त्रालय मातहत हुनुले कार्य सम्पादनमा कठिनाइ भइरहेको बताउनुभएको छ ।
काठमाडौंमा आइतबार आयोजित अन्तरक्रियामा उहाँले प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह मन्त्रालय मातहतमा रहेर काम गर्न उचित नहुने तर्क गर्नुभयो ।
कार्यक्रममा जलवायु तथा विपद् विज्ञ डा. धर्मराम उप्रेतीले विश्वभर नै बहुप्रकोप पूर्वसूचना प्रणालीले प्राथमिकता पाएको भन्दै नेपालले पनि यो विषयमा प्राथमिकतासाथ काम गर्नुपर्ने बताउनुभयो । उहाँले विपद् जोखिमबाट बच्न सरकारले सूचना प्रवाहलाई स्थानीय जनतासम्म सहज रुपमा पु¥याउन सके विपद्बाट हुने क्षति कम हुने बताउनुभयो ।
उहाँले साउन महिनामा बाढी पहिरोको बढी जोखिम बढ्ने भएकाले विपद् आएपछि राहत लिएर जानुभन्दा पूर्व सूचना पु¥याउने दायित्व निर्वाह गर्न सल्लाह दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्