२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

एसपीपी सम्झौताको सम्बन्धमा यथार्थ तथ्य खोजी गर्नुपर्छ : ईश्वर पोखरेल


91
Shares

काठमाडौं । नेकपा एमालेका सांसद ईश्वर पोखरेलले जित र हारको मानसिकताबाट मुक्त भएर एसपीपी सम्झौताको सम्बन्धमा यथार्थ तथ्य खोजी गर्नुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद पोखरेलले अमेरिकी प्रस्ताव सम्बन्धमा एकले अर्कोलाई आरोप लगाइएको भन्दै तथ्य खोजी गर्नुपर्ने बताउनुभयो ।

उहाँले यस सम्बन्धमा सरोकारवाला निकायबीच भएका पत्राचारले सत्य तथ्य बुझ्न सघाउने बताउनुभयो ।