१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुस र युक्रेनबीचकाे युद्ध वर्षौंसम्म लम्बिन सक्ने नेटोका महासचिव जेन्सकाे चेतावनी


884
Shares

काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुस र युक्रेनबीच जारी युद्ध तत्काल अन्त्य नभएर वर्षौंसम्म लम्बिनसक्ने चेतावनी दिनुभएको छ ।

जर्मन पत्रिका बिल्डलाई प्रतिक्रिया दिंदै उहाँले उत्तरी युरोपमा रुसको प्रभाव निस्तेज पार्न वर्षौंसम्म युक्रेनलाई सहयोग जारी राख्नुपर्ने बताउनुभयो । युरोपले युक्रेन युद्धको चर्को मूल्य चुकाईरहेको स्मरण गर्दै महासचिव स्टोल्टेनबर्गले मस्कोलाई सैन्य अभिष्ट पूरा गर्नेबाट रोक्न यो मूल्य आवश्यक रहेको जिकिर समेत गर्नभयो ।

साथै उहाँले युक्रेनको साथ नछोड्न पश्चिमी राष्ट्रहरूलाई अपील पनि गर्नुभयो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि युद्ध वर्षौसम्म जारी रहनसक्ने भन्दै युक्रेनको साथ छोड्न नहुने बताउनुभएको छ । रुसले पछिल्लो समय युक्रेनको उत्तरी डोनबास क्षेत्र तथा दक्षिणी शहरहरूमा समेत आक्रमण गरिरहेको छ ।