
काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको गठबन्धनले संसदीय चुनावमा बहुमत गुमाएको छ ।
गठबन्धनले संसदमा सबै भन्दा धेरै सिट जिते पनि आवश्यक बहुमत प्राप्त गर्न भने सकेन् । बहुमतका लागि २ सय ८९ सिट चाहिनेमा सत्तारुढ गठबन्धनले २ सय ४५ सिट जितेको छ । बहालवाला राष्ट्रपतिको दलले तल्लो सदनमा बहुमत गुमाएपछि अर्थमन्त्री बु्रनो माइरेले लोकतन्त्रका लागि ठूलो झट्का भएको प्रतिक्रिया दिनुभएको छ ।
दोस्रो चरणको निर्वाचनमा कट्टर बामपन्थी, समाजवादी र उग्र दक्षिणपन्थीहरूको गठबन्धन नुपेसले १ सय ३१ सिट जित्दै प्रमुख प्रतिपक्षी दल बनेको छ । यसैगरि मरिनले पेनको उग्र दक्षीणपन्थी नेशनल र्याली पार्टी ८९ सिटसहित तेस्रो स्थानमा रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्