१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना


754
Shares

काठमाडौं । हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य भू-भागमा भने स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको छ।

आज (सोमबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशकाकेही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । साथै प्रदेश-१, मधेश प्रदेश, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

सोमबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना हुनेछ । साथै प्रदेश-१ का केही स्थानमा स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।