२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बैतडीमा ४ दिनका लागि विद्युत सेवा बन्द


104
Shares

काठमाडौं । सुदुरपश्चिमको पहाडी जिल्ला बैतडीमा आज (सोमबार) देखि ४ दिनका लागि विद्युत सेवा बन्द भएको छ ।

नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका अनुसार असार ६ गतेदेखि १० गतेसम्म ४ दिन बैतडीमा विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सबस्टेशन मर्मत गर्नुपर्ने भएकोले बिजुली आपूर्ति रोकिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएकाे छ ।

सबस्टेशन पुरानो हुँदा बेलाबेलामा विद्युत सेवा अवरुद्ध हुने गरेको र अब त्यस्तो नहोस् भन्नका लागि सबस्टेशन नयाँ राख्ने प्रक्रिया सुरु भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले बताएकाे छ । सोमबार बिहान ७ बजेदेखि नै प्राधिकरणका प्राविधिकहरू मर्मतका लागि खटिएका छन् ।