२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राउण्ड टेबल नेपालद्वारा १८९ विद्यार्थीलाई सहयोग


65
Shares

काठमाडौं । राउण्ड टेबल नेपालले यो वर्ष सुदुरपश्चिमका दुईवटा बिद्यालयमा अध्यनरत १८९ बिद्यार्थीलाई उनीहरुको पढाइका लागि २० लाख सहयोग गरेको छ ।

राउण्ड टेबल नेपालले श्री पशुपति शिक्षा मन्दिर, पुनर्वास नगरपालिका, अमरबस्ती, कञ्चनपुर र श्री पशुपरी शिक्षा मन्दिर, बेलौरी नगरपालिका, रतनपुरका १८९ विद्यार्थीको वार्षिक ट्युसन शुल्क सहयोग गरेको हो । सहयोग पाउने विद्यार्थीहरू नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत छन् र कतिपयलाई रकम व्यवस्थापनमा कठिनाइ हुँदा अभिभावकले फिर्ता लिएका छन् । राउण्ड टेबल नेपालले यी १८९ विद्यार्थीको शिक्षा सुनिश्चित गर्न २० लाख सहयोग गरेको हो । यस वर्षको सुरुमा राउण्ड टेबल नेपालले विभिन्न अनाथालयमा १ सय भन्दा बढी विद्यार्थीहरूलाई उनीहरूको शिक्षाको लागि सहयोग गरिसकेको छ । संस्थाले सार्वजनिक विद्यालयहरूको पूर्वाधार निर्माण र स्तरोन्नतिमा पनि लगानी गरेको छ ।

राउण्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३२ च्याप्टरमा कुल ५१३ सदस्य रहेका छन् । अहिलेसम्म राउण्ड टेबल नेपालले देशका विभिन्न भागमा ३७३ कोठासहित ४० वटा शौचालय ५८ वटा विद्यालय र अनाथालय निर्माण गरिसकेको छ ।