२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मिस नेपाल २०२२ प्रियंका रानी जोशीलाई बाजागाजासहित स्वागत


4.901k
Shares

काठमाडौं । मिस नेपाल २०२२ की विजेता प्रियंका रानी जोशीलाई पुख्र्यौली घरमा बाजागाजासहित स्वागत गरिएको छ ।

केही दिनदेखि लाजिम्पाटको पाँचतारे होटल र्‍याडिसनमा बस्दै आएकी उनलाई परिवार र आफन्तले बाजागाजासहित काठमाडौं वडा नम्बर २९ मा रहेको अनामनगरस्थित जन्म घरमा भित्र्याएका हुन् ।

सेतो रङको गाडीमा राष्ट्रिय झण्डा फहराउँदै आएकी उनलाई गृह प्रवेश गर्नुअघि वडा नम्बर २९ का वडाध्यक्षले खादा लगाएर स्वागत गरेका थिए । उनले आगामी दिनमा आफूले मिस नेपालले गर्नुपर्ने कार्य कुशलतापूर्वक निर्वाह गर्ने बताइन् ।

आफूलाई जिताउन भोट दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै अबको आफ्नो यात्रा मिस वर्ल्डको रहने र मिस वर्ल्डको ताज नेपाल भित्र्याउनेमा आशावादी रहेको बताइन् ।

मिस नेपाल जोशीले आगामी दिनमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विशेष पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरिन् ।