१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्टीले मन्त्री परिवर्तनको प्रस्ताव नराखेको देव गुरुङको प्रष्टोक्ति


91
Shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीले मन्त्रीहरू परिवर्तन गर्ने प्रस्ताव नगरेको बताउनुभएको छ ।

सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक गुरुङले पार्टीको तर्फबाट मन्त्रीहरू परिवर्तन गर्न प्रधानमन्त्रीलाई कुनै प्रस्ताव नगरिएको प्रष्टयाउनुभएको छ ।

सांसद गुरुङले मन्त्रिपरिषद्को पुर्नगठन प्रधानमन्त्री र दलका नेताहरूको अनुभूतिको आधारमा हुने उल्लेख गर्दै पुर्नगठन हुनै सक्दैन भने भन्न नसक्ने पनि बताउनुभयो ।

अनिवार्य रूपमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने आवश्यकता पनि नभएको प्रमुख सचेतक गुरुङको भनाइ थियो ।

सांसद गुरुङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा आएर बोल्नु राम्रो हुने धारणा समेत राख्नुभयो ।