१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अपर अरुण आयोजना स्वदेशी पूँजीमा सम्भव छ : पूर्व राज्य मन्त्री खड्का


169
Shares

काठमाडौं । पूर्व राज्यमन्त्री दिपक खड्काले संखुवासभास्थित अपर अरुण आयोजनामा लगानी जुटाउन सकीने बताउनुभएको छ ।

संखुवासभा–काठमाडौ पत्रकार समाजले गरेको एक कार्यक्रममा उहाँले स्वदेशी पूँजीबाटै लगानी जुट्ने बताउनु भएको हो । खड्काले लगानी जुट्दैन भनेर पन्छिनेहरुलाई लगानी जुटाउने ग्यारेण्टी गर्ने बिश्वास पनि दिलाउनु भयो । लगानी जुट्दैन भन्ने भ्रम फैलाईए पनि बिदेशीलाई आयोजना निर्माण गर्न दिन नसकिने उहाँको भनाई थियो । यो आयोजना स्वदेशी लगानीमा बन्ने र यसको पहिलो हकदार संखुवासभाको भोटखोलाबासी भएको उहाँको जिकीर थियो । आयोजनालाई भोजपुर, संखुवासभा र सिंगो प्रदेश–१ को गौरवको आयोजनाको रुपमा अगाडी बढाउन सकिने खड्काको धारणा थियो ।

संखुवासभाको झण्डै ४० हजार र भोजपुरको ६० हजार घरधुरीलाई २० लाख रुपैयाको शेयरको ग्यारेण्टी गर्नु पर्ने उहाँको भनाई छ । सरकारले सहुलीयत दरमा ऋण उपलब्ध गर्नु पर्ने र फजूल खर्च मात्र पनि जनतालाई ऋण प्रवाह गर्न सक्यो भने यो बन्न सक्ने उहाँको दाबी छ । सबै भन्दा सस्तो आयोजना र देशकै समृद्धि ल्याउन सक्ने आयोजना भएको खड्काको तर्क थियो ।

उहाँले भन्नुभयो –‘२ खर्ब रुपैया कसरी जुट्छ भन्नेमा जो कोहिलाई अत्यास लाग्न सक्छ, तर, त्यो सम्भव छ । कुन मोडालिटीमा बनाउने हो ? त्यसको बिषयमा बिज्ञहरुसंग परामर्श गरिनु पर्छ ।’ १ हजार ६१ मेगावाट क्षमताको अपर अरुण आयोजनाको अध्ययन अन्तिम चरणमा पुगेको छ ।