
काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा हङकङलाई जितका लागि १ सय १० रनको लक्ष्य दिएको छ ।
मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन बनायो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ३२ रनको योगदान गरिन् । अप्सरी बेगमले अविजित २२ रन बनाईन् ।
यस्तै बिन्दु रावलले २३ रन जोड्दा सीता मगरले ९ रन जोडिन् । ममता चौधरी ७, कविता जोशी ४, काजल श्रेष्ठ १ र इन्दु वर्मा सुन्य रनमा आउट भइन् ।
हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले १/१ विकेट लिए । आज नेपाल हङकङलाई हराएर लगातार चौथो जितको योजनामा रहेको छ । यस्तै नेपाल समूह विजेता बन्न चाहन्छ ।
नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।
यसअघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्