
काठमाडौं । हास्य टेलिश्रृखला ‘तितो सत्य’ का चर्चित कलाकार राज आचार्य मंगलबार विवाह बन्धनमा बाधिँएका छन् ।
‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाका छोराको भूमिकाबाट राजले चर्चा कमाएका हुन् । राजले प्रेमिका मोडल सुनिशा बजगाईसँग मंगलबार विवाह गरेका हुन् ।
राज र सुनिशाले केही वर्षको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । विवाहको एक साता अघि उनीहरुले प्रि – वेडिङ फोटोसुट पनि गराएका थिए ।
उनले हाल चार्टर एकाउन्टेन्टको पढाई सकिसकेका छन् । उनले केही म्युजिक भिडियोहरुमा पनि काम गरेका छन् । उनका बाबु निर्देशक शंकर आचार्यले बनाएको फिल्म ‘लभ फरेभर’ बाट उनले नायकको रुपमा डेब्यु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्