२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्राविधिक समस्या देखाएर पाठ्यपुस्तक पुर्‍याउने विषयमा सरकार पन्छियो : योगेश भट्टराई


208
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकार समयमा नै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने विषयमा अझै गम्भिर नभएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सचिव भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले विद्यालयहरुमा विद्यार्थीलाई पाठ्यपुस्तक पुर्‍याउने विषयमा सरकारले सामान्य प्राविधिक विषय देखाएर पन्छिन खोजेको आरोप लगाउनुभयो ।

भट्टरार्ईले सरकारले प्राविधिक समस्या भन्दापनि जनक शिक्षा सामग्री केन्द्रको प्रशासनिक, व्यवस्थापकीय सुधार र क्षमता अभिवृद्धिको कुरालाई व्यवसायीक स्किम ल्याएर देखाउनुपर्ने बताउनुभयो ।

उहाँले पुस्तक छपाईका लागि दुई पटक टेण्डर जारी गरेकोमा शंका व्यक्त गर्नुभयो । भट्टराईले पहिलो टेण्डर खारेज गरेर दोस्रो पटक महँगोमा टेण्डर स्वीकृत गर्नुपर्ने कारण समितिलाई मन्त्रीले जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

उहाँले ६ हजार मेट्रिक टन कागज किन्दा पहिलोमा प्रतिमेट्रिक टन १ लाखमा र दोस्रोमा १ लाख ६ हजारमा टेण्डर गर्दा लागत खर्च मात्रै करिब ३ करोड रुपैयाँ बढाएको बताउनुभयो ।

एमाले सचिव भट्टराईले पुस्तक छाप्न निजी क्षेत्रलाई नदिने भनिए पनि अहिले सत्ता गठबन्धनका ठूला नेताको नजिकको मान्छेको प्रेसमा किताव छपाई भइरहको बताउनु भयो । उहाँले सरकारले टेण्डरमार्फत दिएको वा कसले दियो भन्दै प्रश्न गर्नुभयो । भट्टराइले समितिले पुस्तक निजी प्रेसमा छापिएको विषयमा अनुगमन गर्नुपर्ने बताउनु भयो ।

उहाँले सरकारले चालु आर्थिक वर्षको लागि विद्यालयलाई दिएको ७५ प्रतिशत बजेटको पनि किताव किन्ने वातावरण नबनाएको बताउनुभयो ।