
काठमाडौं, बैशाख १४ । सरकारलाई चौतर्फ घेराबन्दीमा पारिएको आरोप प्रधानमन्त्री केपी ओलीका सल्लाहकारले गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरिएको आरोप लगाएका हुन् । उनले स्थिरता हुन नदिन चलखेल भइरेको पनि जिकीर गरेका छन् ।
उनले पार्टीभित्र नांगो भागबण्डा भएको र यसले पार्टी नै हङ्ग भएको पनि बताएका छन् । उनले पार्टी एकताका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामले पराकाष्ठा नाघेको समेत भनेका छन् ।
पछिल्ला दिनमा प्रधानमन्त्री ओलीले पार्टीभित्र कुनै सल्लाह नगरी दल फुटाउन सजिलो हुने र संवैधानिक परिषदबाट विपक्षी नभएपनि निर्णय गर्नसक्ने अध्यादेश ल्याएपछि नेकपाभित्रै विवाद भूषको आगो जसरी सल्किरहेका छ । प्रधानमन्त्रीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री एक पद छाड्न नेताहरुबाट दबाब बढिरहेको छ ।
यही सन्दर्भलाई इग्गित गर्दै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हङ्ग पार्लियामेन्ट भयो भनी नेपाली जनताले दुई तिहाईमा नेकपालाई जिताइदिए, हङ्ग पार्टी पो भएछ ! भागबन्डाको दुष्परिणाम, जनमतको घोर अपमान। पार्टी एकताका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरूको पराकाष्ठा । सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्द जारी चलखेल ! लज्जाशरणम् !’
हङ्ग पार्लियामेन्ट भयाे भनी नेपाली जनताले दुई तिहाईमा नेकपालाई जिताइदिए, हङ्ग पार्टी पाे भएछ ! भागबन्डाको दुष्परिणाम, जनमतकाे घाेर अपमान। पार्टी एकताका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरूकाे पराकाष्ठा । सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्द जारी चलखेल !
लज्जाशरणम् !— Surya Thapa (@ThapajiSurya) April 26, 2020
प्रतिक्रिया दिनुहोस्