
अर्घाखाँची । अर्घाखाँचीमा बालिकालाई फकाई यौन क्रियाकलापमा संलग्न गराउने व्यक्तिहरु पक्राउ परेका छन ।
नाताले हजुरआमा पर्ने ४० वर्षीया महिला र करणी गर्ने शितगंगा नगरपालिका वडा नम्बर १४ का २२ वर्षिय ओम प्रकाश न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।
सन्धिखर्क नगरपालिकामा बस्ने १४ वर्षिय बालिकालाई चाउचाउ, बिष्कुट खुवाउने लोभमा नाताले हजुरआमा पर्ने महिलाको घर र जगंलमा जवरजस्ती करणी गर्ने न्यौपाने र करणीवापत युवकसँग महिलाले पैसा लिने गरेको भनि उजुरी परेकाले पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका दुबै जनालाई मानव बेचबिखन तथा ओसारपसार र जवरजस्ती करणी कसुरको मुद्दा दर्ता गरि ६ दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्