
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताउनुभएको छ ।
मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उहाँले नेकपा(एकीकृत समाजवादी)को निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताउनुभयो ।
उहाँले मन्त्रि परिवर्तन गर्नका लागि आ–आफ्नो दलहरु स्वतन्त्र रहेपनि गठबन्धन भित्रपनि समझदारी बन्नुपर्ने बताउनुभयो । उहाँले मन्त्री हेरफेर गर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन हुने बताउनुभयो ।
सांसद श्रेष्ठले पार्टी अध्यक्ष माधवकुमार नेपालले एक, दुई दिन भित्रमा मन्त्रिपरिषद् हेरफेर हुने जानकारी आफुलाई गराएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्