१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मूल्यवृद्धिकाे विराेधमा धनगढीमा सरकारी गाडी सञ्चालनमा अवरोध


546
Shares

कैलाली । नेकपा (एमाले)का कार्यकर्ताले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडी सञ्चालनमा अवरोध गरेका छन् ।

एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल धनगढी नगर कमिटीले बुधबार सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका हुन् ।

युवाहरूले आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारी सवारी साधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चाबी खोसिदिएका छन् ।

धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि लगाएत एक दर्जन गाडी र ५० भन्दा बढी वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर किमिटी संयोजक अविशेक नाथले बताउनुभयो ।

नियन्त्रणमा लिइएका सवारीसाधन पाँच बजेपछि मात्र छाडिने उहाँले बताउनुभयो । उहाँले सरकारले मुल्यवृद्धि फिर्ता नलिए थप कडाइका साथ आन्दाेलन गर्ने बताउनुभयो ।