१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बुटवल उपमहानगरको नीति तथा कार्यक्रम : ‘समानता, स्वाभिमान र अवसर, बस्नयोग्य बुटवल सहर’


143
Shares

बुटवल । ‘समानता, स्वाभिमान र अवसर, बस्नयोग्य बुटवल सहर’ भन्ने मूल लक्ष्यसहित रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

एक वडा एक पहिचान, नगर अस्पताल निर्माण, स्पोर्टस् जोन निर्माणजस्ता नीति अघि सार्दै सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकास मार्फत नगरवासीको जीवनस्तर माथि उकास्न संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख पाण्डेले बेरोजगारी न्यून गर्ने, स्वरोजगारिता वृद्धि गर्ने, सीप सिकाउने र उद्यम विकास गर्न गृहणी महिलालाई उत्पादनसँग जोड्ने गरी सीप विकास कार्यक्रम सञ्चालन गर्ने र श्रम बैंक सञ्चालन गरी श्रमिकहरूलाई रोजगारी र सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीति लिएको बताउनुभयो ।