२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


चलचित्र ‘दोख’को दोस्रो टिजर सार्वजनिक


351
Shares

काठमाडौं । चलचित्र ‘दोख’को दोस्रो टिजर सार्वजनिक गरिएको छ ।

असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को टिजर सार्वजनिक भएको हो ।

अनुप बरालको निर्देशनमा तयार भएको चलचित्रको बुधबार टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

माओवादी द्वन्द्ध कालको परिवेशमा निर्माण गरिएको चलचित्रलाई राजन कठायतले लेखेका हुन् । चलचित्रमा दीया, मनिषका अलावा लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् ।

शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

चलचित्रको गत शुक्रबारमात्रै अमृत गुरुङको स्वरमा रहेको ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलर पनि एक दुई दिनमा सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।

फरक कथामा निर्माण भएको चलचित्रले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।