
ओखलढुंगा । ओखलढुंगामा खाडीका कपडा बुन्ने चलन लोप हुने अवस्थामा पुगेको छ ।
कच्चा पदार्थको अभावमा परम्परागत विधिबाट सीमित महिलाले मात्रै बुन्दै आएका छन् ।
पहिले गाउँघरमा घरैपिच्छे खाडीका कपडा बुन्ने चलन भए पनि आयातित कपडाको प्रभावका कारण अहिले यो चलन हराइसकेको मानेभञ्ज्याङ गाउँपालिका–४ ध्याप्लु गाउँकी ६३ वर्षीया असारमाया राईले बताउनुभयो ।
जिल्लामा खाडीका कपडा बुन्ने महिला सिमित हुन थालेपछि यसको बजारमा माग भने बढ्दै गएको छ । तान लगाएर बुन्न मेहनत लाग्ने र तुलनात्मक रुपमा महँगो पर्ने भएकाले ओखलढुंगामा खाडीका कपडा बुन्ने चलन लोप हुने अवस्थामै पुगेको हो ।
जातीय र औपचारिक कार्यक्रमहरुमा लगाउने पोशाकका लागि खाडीका कपडाको प्रशस्तै माग आउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्