
काठमाडौं । सप्तरीमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
बिहीबार भएको दुर्घटनामा एक अन्दाजी ५५ वर्षीया एक महिलाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कंकालिनी मन्दिरबीचको स्थानमा ना.५ख १८९८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार महिलाको मृत्यु भएको सशस्त्र प्रहरी सुरक्षा बेस भारदहले जनाएको छ ।
मृतकको पहिचान खुल्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ । विराटनगरबाट उदयपुरको कटारी जाँदै गरेको गरेको बस अनियन्त्रित भइ सडकबाट करीब २० मिटर तल खस्दा दुर्घटना भएको यात्रीहरुले बताएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएकाले उनीहरुलाई विराटनगर रेफर गरिएको छ भने अन्य घाइतेहरुको भारदहस्थित जिल्ला अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । बसका चालक फरार भएको र खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्