२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


विपद् व्यवस्थापनका लागि स्याङ्जाका सबै पालिका र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह


195
Shares

स्याङ्जा । स्याङ्जामा विपद् व्यवस्थापनका लागि पालिकाहरु र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

बर्षा सुरु भइसकेको र जिल्लामा विपदजन्य घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दे स्याङ्जाका ११ वटै पालिका र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको हो ।

पालिकाहरुले विपद्को आँकलन गरेर आआफ्नो विपद् कोषमा पर्याप्त रकम विनियोजन गर्न र आवश्यक सामग्री खरिद गरी मौज्दात राख्न अनुरोध गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी तथा समितिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकद्वारा वर्षाको मौसममा बाढी पहिराले सडकका संरचना बिगार्न सक्ने भएकाले आवश्यक पर्ने डोजर, इक्साभेटरलगायतका सामाग्रीका साथै यसका चालकहरुलाई समेत तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ ।

बैठकले विपद् व्यवस्थापनका लागि आवश्यकता अनुसारका सामग्रीहरु खरीद गरि तीनवटै सुरक्षा निकायलाई उपलब्ध गराउन स्थानीय पालिकालाई अनुरोध गरेको छ ।

बैठकले पुतलीबजार नगरपालिका र फेदिखोला गाउँपालिकाको सिमानामा रहेका भालु पहाड, गल्याङ् नगरपालिका– १ स्थित राम्दी प्रहरी चेकपोष्ट माथिको पहिरो, गल्याङ् २ को मगर समाज भवन र सो वरपरका ४ घर लगायत आसपासका क्षेत्र, वडा नं. ३ लल्याङ् स्थित ८० घर परिवार उच्च जोखिममा रहेको पनि औल्याएको छ ।