१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुदूरपश्चिमका चार नेताद्वारा विप्लव नेतृत्वको नेकपा परित्याग


520
Shares

कैलाली । सुदूरपश्चिमका ४ नेताले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

महाधिवेशन आयोजक कमिटी सदस्य तथा किसान र सुकुम्बासी संगठनका अध्यक्ष ओमप्रकाश पुन, केन्द्रीय सल्लाहकार सदस्य शंकरबहादुर खड्का, महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इञ्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियारले पार्टी परत्यागको घोषणा गरेका हुन् ।

चारै जनाले सयुक्त रूपमा विज्ञप्ति जारी गर्दै एकतावद्ध र एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा एकाकार हुन आग्रह गरेका छन् ।