१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


बालिका बलात्कारको आरोपमा १८ वर्षीय किशोर पक्राउ


442
Shares

काठमाडौं । बारामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय अमलेखगन्जलाई उद्धृत गर्दै केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।