
काठमाडौं । भारतीय क्रिकेट टोलीले इंग्ल्यान्डसँग पाँचौं तथा अन्तिम टेस्ट, तीन ओडिआई र तीन टी–२० आई सिरिज खेल्दैछ ।
त्यसको लागि भारतीय क्रिकेट टोली इंग्ल्यान्ड पुगेको छ । गतवर्ष भारत र इंग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट खेल कोरोना कारण स्थगित भएको थियो । उक्त खेल १ जुलाईदेखि बर्मिङ्गममा सुरु हुनेछ ।
त्यसअघि भारतले इंग्ल्यान्डको चर्चित क्लब टोली लेस्टरशायरसँग चार दिनको अभ्यास खेल खेल्नेछ । भारत र लेस्टरशायरबीचको चार दिनको अभ्यास खेल बिहीबारदेखि सुरु हुँदैछ ।
भारतविरुद्ध नै तीव्र गतिका बलर जस्प्रित बुमराह, ऋषभ पन्त, चेतेश्वर पुजारा र प्रसिद्ध कृष्णा लेस्टरशायरबाट खेल्दैछन् । भारतको रोहित शर्मा र लेस्टरशायरको शमुएल इभान्सले नेतृत्व सम्हाल्लेछन् ।
अभ्यास खेल हुँदा भारतविरुद्ध नै प्रमुख चार खेलाडीले खेल्नेछन् । पुजरा टेस्ट विशेष ब्याटरको रूपमा चिनिन्छन् । बुमराह र पन्त भारतका प्रमुख खेलाडी हुन् ।
प्रतिक्रिया दिनुहोस्