१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


स्वास्थ्य सचिव कोइरालाको अभिव्यक्ति आपत्तिजनकः चिकित्सक संघ


0
Shares

काठमाडौं, बैशाख १४ । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

सचिव कोइरालाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनमाथि दिएको अभिव्यक्तिलाई संघले अशोभनीय र अभद्रको संज्ञा दिएको छ ।

संघले महामारीमा जुधिरहेका चिकित्सकलाई प्रोत्साहन गर्नुको साटो मन्त्रालयका जिम्मेवार अधिकारीले नै चिकित्सकलाई अस्थायी, करार तथा स्थायी भनि विभेदीकरण गरेको र चिकित्सकको मनोवल घटाएको जनाएको छ ।

समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै असर पार्न सक्ने भएकाले यसबारे गम्भीर विचार गरेर अभिव्यक्ति सार्वजनिक गर्न संघले सम्झाएको छ ।

सचिव कोइरालाले डा.पुन करारमा भएको भन्दै कारवाही गरेर कुनै पनि बेला हटाउन सकिने बताएपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ ।