९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


चीनको राजदूतमा श्रेष्ठ नियुक्त


572
Shares

काठमाडौं । चीनको राजदूतमा विष्णु पुकार श्रेष्ठ नियुक्त हुनुभएको छ ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा विष्णु पुकार श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।