१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ओखलढुंगाको जन्तरखानीमा नयाँ गुफा फेला


5.083k
Shares

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ जन्तरखानीमा नयाँ गुफा फेला परेको छ ।

करिब एक किलोमिटर लामो गुफा मगार भीरमा फेला परेको हो ।

अफ्ठ्यारो भीरको बीचमा रहेको गुफा स्थानीयले दुम्सी लखेट्ने क्रममा फेला पारेका हुन् ।

गुफामा गाईको थुन, सर्पलगायत विभिन्न देवी देवताको आकृति समेत रहेको स्थानीयले बताएका छन् । गुफाभित्र साँघुरो भए पनि ओहोरदोहोर गर्न र अन्तिम बिन्दुसम्म सहजै पुग्न सकिने स्थानीय इद्ध मगरले बताउनुभयो ।

गुफाको भित्रि भागमा तापक्रम र हावाको चाप समेत सन्तुलन रहेको पाइएको छ । गुफा फेला परेपछि यहाँका स्थानीयले सो क्षेत्रमा पूजाआजा गर्दै आएका छन् ।