
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सरकारमा सहभागी भएका चार मन्त्रीसहित १० जना सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाएका छन् ।
अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाइएकाे पत्रमा मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ लगायत १० जना सांसदले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयप्रति असहमति जनाउँदै हस्ताक्षर बुझाएका हुन् । साेही पत्रमा सांसदहरू कृष्णलाल महर्जन, गोपाल बहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि हस्ताक्षर गरेका छन् ।
उनीहरूले सरकारबाट फिर्ता बोलाउँदा अपराधीको जस्तो व्यवहार गरिएको आरोप पनि लगाएका छन् । बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने पनि अध्यक्ष नेपाललाई बुझाइएको पत्रमा भनिएकाे छ ।
हेर्नुहोस् पत्र:


प्रतिक्रिया दिनुहोस्