
काठमाडौं । पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा शुक्रबार (आज)देखि पुनः यातायात सञ्चालनमा आएको छ ।
पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्गको सिस्नेरी खण्डमा यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मङ्गलबार वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।
हेटौंडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त खण्डमा वर्षासँगै पहिरो खस्दा बेलाबेला अवरुद्ध हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्