२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादी केन्द्रीय समिति बैठक फेरि सर्‍यो


117
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ ।

आगामी असार १५ गते बस्ने भनिएको बैठक असार १९ गते सारिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

यसअघि जेठ २० गते बस्ने भनिएको बैठक असार १५ गतेका लागि सारिएको थियो । केन्द्रीय समिति बैठकबाट अपूर्ण केन्द्रीय समितिले पूर्णता पाउने माओवादी केन्द्रले जनाएको छ ।

अरु पार्टी पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी प्रदेश र संघको चुनावपछि गर्ने माओवादी तयारी छ ।