२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विवाद छैन, मन्त्री फिर्ता बोलाउनेबारे सर्वसम्मत निर्णय भएको हो : नेता श्रेष्ठ


832
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्री फिर्ता बोलाउने विषय स्थायी समितिको सर्वसम्मति निर्णय भएको जनाएको छ ।

शुक्रबारको पोलिटब्यूरो बैठक जारी रहँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता जीवनराम श्रेष्ठले स्थायी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने विषय टुङ्ग्याइसकेको बताउनुभयो ।

‘मन्त्री फिर्ता बोलाउने विषयमा स्थायी समितिको बैठकले सर्वसम्मति निर्णय गरिसक्यो,’ उहाँले भन्नुभयो, ‘स्थायी समितिमा अहिलेका दुई मन्त्रीहरू विरोध खतिवडा र रामकुमारी झाँक्री पनि हुनुहुन्छ, उहाँहरूले पनि सहमति जनाउनुभएको हो ।’

पाँचदलीय गठबन्धनमा आफ्नो पार्टीको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै नेता श्रेष्ठले दलले गरेको निर्णयलाई गठबन्धनको नेतृत्वको मान्नुपर्ने बताउनुभयो । नेतृत्वले अटेर नगरेको स्पष्ट पार्दै उहाँले कार्यान्वयनमा केही ढिलाइ भने भएको उल्लेख गर्नुभयो ।

‘पाँच दलीय गठबन्धनमा एकीकृत समाजवादीको महत्त्वपूर्ण भूमिका छ, गठबन्धनमा भए पनि आ–आफ्नै दलका निर्णय हुन्छन् र गठबन्धनको नेतृत्वले त्यसको कार्यान्वयन गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘तर, केही ढिलो भने भइरहेको छ ।’

नेता श्रेष्ठले पार्टीभित्र कुनै पनि विवाद नभएको जिकिर गर्दै छिट्टै नै नयाँ मन्त्रीहरूको सपथग्रहण हुने दाबी गर्नुभयो । यद्यपि मिति र समय भने तोक्नुभएन ।

यसैबीच, पार्टीका १० जना सांसदहरूले अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । उहाँरूको पत्रमा मन्त्री चयन समावेशी नभएको विषय समेटिएको छ ।