८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


गठबन्धनमा आवद्ध दलहरु नै आतंकित : सांसद राई


143
Shares

काठमाडौं । नेकपा (एमाले) का सांसद रामचन्द्र राईले सरकारको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भएको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले वर्तमान गठबन्धन सरकारले गरिरहेको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भइरहेको बताउनुभएको हो ।

उहाँले सरकारले गरिरहेका राष्ट्रघाती क्रियाकलापहरुका कारण सत्तारुढ दलका सांसदहरु प्रताडित भएको जिकिर गर्नुभयो । उहाँले सरकार संवेदनहीन, भ्रष्ट र दृष्टिकोणबिहीन भएको आरोप लगाउनुभयो ।

सांसद राईले सत्तारुढ गठबन्धनलाई ‘ठगबन्धन’ भएको टिप्पणी गर्नुभयो । उहाँले बहालवाला एक मन्त्रीले असभ्य भाषा प्रयोग गरेको उल्लेख गर्दै असभ्य भाषा प्रयोग गर्ने मन्त्रीलाई हटाउन नसक्नु सरकारको नालायकीपन भएको बताउनुभयो । उहाँले सरकार जनताप्रतिको उत्तरदायित्वबाट भागिरहेको पनि बताउनुभयो ।