८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सन्धिखर्क नगरपालिकाले ल्यायो १ अर्ब ११ करोडको बजेट


377
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आगामी वर्ष २०७९/८० को लागि १ अर्ब ११ करोड ६३ लाख ९० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको ११औं नगर सभाबाट सोहि रकम विनियोजन गरिएका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, नगरपालिकाको नीति तथा कार्यक्रममा न्यूनतम विद्युत् महसुलमा २० युनिटभन्दा कम खपत गर्ने सिमान्तकृत समूदायलाई बुझाउनुपर्ने सम्पूर्ण घर–परिवारको विद्युत महसुल नगरपालिकाले भुक्तानी गरिदिने यस्तै सामूदायिक लिफ्टिङ्ग खानेपानीको महसुस ६० प्रतिशत रकम नगरपालिकाले भुक्तानी गर्ने, नगरपालिकाको कार्यमा रहँदाको अवस्थामा कुनै कारण राज्यकोषबाट तलब भत्ता खाने नगरपालिका कर्मचारी वा शिक्षको मृत्यु भएमा प्रति परिवार ५० हजार सहयोग उपलब्ध गराउने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, नगरपालिका भित्रका ७० वर्ष मुनिका एकल महिला एकल पुरुषहरु मध्ये नियमित पारिश्रमिक तथा निवृत्तिभरण प्राप्त नगर्ने परिवारका व्यक्तिहरुलाई स्वास्थ्य बीमा गर्न ७५ प्रतिशत अनुदान दिने लगायतका विषयमा समेटेर बजेट ल्याइएको छ ।

आर्थिक विकासमा १० करोड ४२ लाख, सामाजिक विकासमा ६१ करोड ३८ लाख, पूर्वाधार विकासमा २७ करोड ९० लाख, वन वातावरण तथा विपद व्यवस्थापनमा १ करोड १३ लाख र शुसासन तथा सस्थागत विकासमा १० करोड ८० लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो ।