
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले महिलाको विवाहयोग्य उमेर २० वर्षबाट झार्न नहुने बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद गैरेले महिलाको विवाहयोग्य उमेर २० वर्षबाट तल झार्न नहुने बताउनुभएको हो ।
उहाँले विवाहयोग्य उमेर २० वर्ष पुर्याउनका लागि महिलाहरुले थुप्रै संघर्ष गर्नुपरेको उल्लेख गर्दै संघर्षबाट प्राप्त उपलब्धीको रक्षा गर्नुपर्ने बताउनुभयो ।
उहाँले छोरीले आफ्नो जिम्मेवारी वहन गरेर र आफ्नो खुट्टामा बाँच्न सक्ने नहुन्जेलसम्म अभिभावकहरुले विवाह गरिदिनु नहुने बताउनुभयो । सांसद गैरेले विवाहका लागि उमेर नघटाउनका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण पनि गराउनुभयो ।
उहाँले पार्टी सरकारमा छ भन्दैमा जनताको प्रतिनिधि गैरजिम्मेवार हुनु नहुने बताउनुभयो । मूल्यवृद्धिलाई न्यूनिकरण गर्नका लागि सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्