४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


बौद्ध शिक्षालाई देशको विकाससँग जोड्नुपर्छ : प्रधानमन्त्री देउवा


78
Shares

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध शिक्षा, साहित्य र इतिहासलाई देश विकाससँग जोड्न आग्रह गर्नुभएको छ् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा शिक्षा नै विकासको मार्गदर्शन भएको बताउनुभयो ।

बौद्ध उच्च शिक्षालाई देशको स्रोत साधन, सम्भावनासँग जोडेर देश विकासमा लगाउनुपर्नेमा उहाँको जोड थियो । बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताउँदै उहाँले बौद्ध दर्शन, कला, शिक्षा, साहित्य तथा संस्कृतिको मूल स्रोतका रुपमा आफूलाई सिद्ध गर्नुपर्ने चुनौतिलाई अबसरका रुपमा बदल्न जरुरी रहेको बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोडने बताउनुभयो ।

उहाँले विश्वविद्यालय र शिक्षण संस्थालाई उत्कृष्ट बनाउँदै लैजानुपर्ने बताउनुभयो । सो अवसरमा लुम्बिनी विश्वविद्यालयबाट विभिन्न चरणमा उत्र्तीण भएका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो ।