
पाँचथर । पाँचथर जिल्लाको एक मात्र नगरपालिका फिदिम नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ९८ करोड ७४ लाख ७६ हजार ६ सय २० रुपैयाँको बजेट ल्याएको छ ।
जसमा सामाजिक विकास तर्फ ४४ करोड ३३ लाख ५ हजार ४ सय ६३ रुपैयाँ, आर्थिक विकास तर्फ ६ करोड ८० लाख ७५ हजार ५ सय रुपैयाँ, पूर्वाधार विकास तर्फ ३१ करोड २६ लाख ६३ हजार ४ सय ७ रुपैया विनियोजन गरेको छ ।
सार्वजनिक सेवा तथा क्षमता बिकास तर्फ २ करोड ७६ लाख ४४ हजार २ सय ५० रुपैयाँ, वातावरण तथा विपत व्यवस्थापन तर्फ २ करोड १२ लाख ८८ हजार र प्रशासनिक खर्च तर्फ ११ करोड ६५ विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्