
काठमाडौं । नेपाली चलचित्र कृष्ण लीलाको ‘ए मेरो हजुर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा नायक पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय छ । रवि ओड र सुनिता कार्कीको स्वरमा रहेको गीतको संगीत डा. डि.आर. उपाध्यायले भरेका छन् ।
त्यस्तै, सिलान लम्सालले सम्पादन गरेको भिडयो दीपक वलीले निर्देशन गरेका हुन् । भिडियोको कोरियोग्राफी माइकल चन्दले गरेका हुन् भने छायांकन उत्सव दाहालले गरेका छन् ।
भिडियोको सुटिङ ५ हजार २ सय मिटिरको उचाईमा भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्